images
images

बाढीपश्चार हराइरहेका माथिल्लो त्रिशूली ३ ‘ए’लगायत आयोजनामा कार्यरत विद्युत प्राधिकरणका कर्मचारी को-को हुन् ?

काठमाडौँ- रसुवा तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण नेपाल विद्युत् प्राधिकरणअन्तर्गत सञ्चालित माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजना, त्रिशूली ३ ‘बी’ हब, त्रिशूली तथा देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत ४७ जनाभन्दा बढी कर्मचारी अझै बेपत्ता रहेका छन्।

बाढीले आयोजनाका संरचना तथा सुरुङ क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत प्राविधिक, प्रशासनिक तथा सुरक्षाकर्मीहरू सम्पर्कविहीन भएका हुन्।

प्राधिकरणद्वारा सार्वजनिक गरिएको सूची अनुसार बेपत्ता हुनेहरूमा सहायक प्रबन्धक विनोदप्रसाद पाण्डे, इन्जिनियरहरू दिलीप यादव, राजेन्द्र ढकाल, महेन्द्रविक्रम शाही, निरञ्जन पंगेनी, सहायक इन्जिनियर सन्तशकुमार ठाकुर, इन्द्र अधिकारी, ओमप्रकाश चौधरी, तिलबहादुर राना लगायतका उच्च प्राविधिक कर्मचारीहरू रहेका छन्। यसैगरी विभिन्न तहका सुपरभाइजर, फोरम्यान, मेकानिकल तथा इलेक्ट्रिकल मिस्त्री, चालक, सुरक्षा गार्ड र सेवा करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरू समेत बाढीको चपेटामा परेका छन्।

बेपत्ता कर्मचारीहरू बैतडी, पर्सा, सिन्धुली, जाजरकोट, महोत्तरी, रुपन्देही, सप्तरी, नुवाकोट, दोलखा, कपिलवस्तु, पाल्पा, स्याङ्जा, काभ्रे र भक्तपुर लगायत देशका विभिन्न जिल्लाका बासिन्दा हुन्।

बाढीपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा प्राविधिक टोलीहरूले सुरुङ, पावरहाउस तथा कार्यस्थल वरपर तीव्र गतिमा खोजी तथा उद्धार कार्य जारी राखेका छन्।

बाढीको लेदो र पहिरोले गर्दा उद्धार कार्य कठिन बनेको भए तापनि विभिन्न उपकरण प्रयोग गरी सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउने प्रयास भइरहेको छ।

यता, बेपत्ता कर्मचारीहरूको पहिचानलाई सहज बनाउन नेपाल विद्युत् प्राधिकरणले परिवारका निकटतम सदस्यहरूलाई नेपाल प्रहरी अस्पताल वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी डीएनए परीक्षणका लागि रगतको नमुना उपलब्ध गराउन विशेष अनुरोध समेत गरेको छ।

हराएका कर्मचारीहरूः