images
images

बाढी–पहिरो पीडितको सम्झनामा दारी ग्याङ गोरखाद्वारा दीप प्रज्वलन

गोरखा – हालैको बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाहरूको सम्झनामा दारी ग्याङ गोरखा (DAARI GANG GORKHA) ले राष्ट्रिय शोक दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ।

कार्यक्रममा विपद्मा परी ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता भएकाहरू सकुशल सम्पर्कमा आई परिवारसँग पुनर्मिलन हुन सकून् भन्ने कामना गरिएको थियो।

राष्ट्रिय शोकको यस दुःखद् घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै दीप प्रज्वलन गरिएको दारी ग्याङ गोरखाका सल्लाहकार दीपक शाहीले जानकारी दिए।