काठमाडौं -राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गरेका छन् ।
देश तथा जनताको हित र कल्याणको कामना गर्दै उनले मंगलबार बिहान पशुपतिमा पूजाआराधना गरेका हुन् ।
उनले हिजो बाढी प्रभावित क्षेत्र नुवाकोट र रसुवामा पुगेर स्थलगत अवलोकन गरेर फर्केका थिए । सो क्रममा उनले बाढी प्रभावित नागरिकहरुसँग पनि भेटेर उनीहरुको गुनासो सुनेका थिए । त्यसपछि फर्केर उनले राष्ट्रको नाममा सम्बोधनसमेत गरे ।








