images
images

कास्कीको किम्रुङ खोला पहिरोले थुनियो

कास्की–कास्कीको किम्रुङ खोलामा पहिरो खसेर मंगलबार खोला थुनिएको छ। खोला थुनिएपछि नयाँपुल, बिरेठाँटीलगायत आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त सूचनाका आधारमा नेपाल बाढी सूचना केन्द्रले मंगलबार बेलुकी ८:४० बजे उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो।

किम्रुङ खोला थुनिएपछि आसपासका बस्तीमा जोखिम हुन सक्ने भएकाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। यस्तै, मोदी खोला आसपासका बासिन्दालाई समेत सतर्कता अपनाउन भनिएको छ।

खोला थुनिएर पानीको बहाव बढ्न सक्ने भएकाले आसपासका बासिन्दालाई नदी तथा खोलाको किनारमा नजान र सम्भावित जोखिमबाट जोगिन आग्रह गरिएको हो।