images
images

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् पदबाट राजीनामा

काठमाडौं – उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । बिहीबार उनले प्रधानमन्त्री बालेन साहसमक्ष राजीनामा बुझाएको उनको सचिवालयले जनाएको छ ।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । लामो समयदेखि ग्यास अभाव हुँदा समेत मन्त्रीले समाधानको पहल नगरेको भन्दै आलोचना हुँदै आएको थियो ।