काठमाडौँ – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहीबार साँझ शपथ लिएका हुन्।
गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरी–४ बाट निर्वाचित साहलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिएका हुन्।










