हुम्ला – अब हिमाली जिल्ला हुम्लाको उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को छुङ्गार लेकबाट कैलाशको दर्शन गर्न पाइएको भएको छ। स्थानीयको पहलमा आन्तरिक पर्यटकहरु एक टोली सो क्षेत्र पुगेर कैलाशको दूूरदर्शन गर्न संभव भएपछि सबैका लागि सो क्षेत्रबाट कैलाशको दूूरदर्शन गर्न सकिने भएको हो।
छुङ्गार लेकबाट कैलाशको दूूरदर्शन गर्न पाइएको नाम्खा गाउँपालिका– १ का नाम्ग्याल तामाङले बताएका छन। उनी सहित सात जना नेपालीको टोलीले सामुहिक रुपमा छुङ्गार पुगेर कैलाशको दूूरदर्शन गरेका थिए।
यसअघि नाम्खा गाउँपालिकाका सिमित स्थानीयालाई सो स्थानबाट कैलाश दर्शन गर्न सकिने कुरा थाहा भएपनि सवैका लागि सो जानकारी भएको थिएन। बिशेष गरि तामाङले यसअघि पनि देखेको तर प्रचार नभएको अवस्थामा हुम्लाका स्थानीय र काठमाडौंबाट आउनु भएका दुई जना आन्तरिक पर्यटकहरु छुङ्गार पुगेर कैलाशको दरुदर्शन गरेका थिए।
यद्यपि सो स्थानबाट मानसरोवर ताल भने देखिदैन। पाँच हजार दुई सय मिटर उचाईको छुङ्गार पुग्न लिमी प्रवेशद्धार न्यालु लेकबाट साढे दुई घण्टा उकालो चढ्न पर्ने अर्का छुङ्गार पुगेर कैलाशको दूूरदर्शन गरेका कर्ण शाहीले बताए।
न्यालुसम्म गाडीमा जान सकिन्छ। त्यताबाट भने पैदल हिँड्नुपर्छ। सो स्थान पुग्न यसअघि जानकारी भएका स्थानीयलाई अगाडी लगाएर अन्यले उनीसँगै पछि लागेर जानुपर्नेछ। नजिकैबाट कैलाशको दर्शन गर्न सकिने भएको कारण यो स्थान पुग्नका लागि बाटो निर्माण गर्नु आवश्यक रहेको छ।
त्यसैगरि खानेपानीको समस्या रहेको छ। छुङ्गार पुग्ने यात्रुहरुले आफैले पानी बोकेर जानु पर्ने हुन्छ। उच्च पाटन क्षेत्र भएको कारण बासवस्ने स्थान पनि छैन। छुङ्गारबाट कैलाशको दूूरदर्शन गर्ने जो कोहीले ब्यवस्थित भएर जानुपर्ने आबश्यकता रहेको छ। त्यसका साथै आवश्यक पूर्वाधारको विकास गर्न सके नयाँ पर्यटकीय गन्तव्य बन्ने निश्चित रहेको त्यहाँ पुग्नेहरू बताउँनछन्।
सिमकोटबाट एकै दिनमा छुङ्गार पुगेर कैलाशको दूूरदर्शन गर्न सकिने भएको कारण समय र आर्थिक हिसावले पनि कम खर्चिलो देखिन्छ।
सो स्थानबाट कैलाशको दूूरदर्शन गर्न मौसम भने सफा हुनै पर्छ। अव हुम्लाका तीन वटा स्थानबाट कैलाशको दूूरदर्शन गर्न सकिने छ। ती स्थानहरुमा छुङ्गार, लाप्चा र पुल्की लेक रहेका छन्।








