images
images

राष्ट्रिय सभालाई लाञ्छित गरेको अभिव्यक्तिप्रति कानुनमन्त्रीले मागिन् माफी

काठमाडौँ – कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले माफी मागेकी छिन्।

कानुन निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको भन्दै दिएको अभिव्यक्तिको चौतर्फी आलाचेना भएपछि उनले बिहीबार बैठकमै माफी मागेकी हुन्।

मंगलबार जेनजी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व नभएको कारण कानून निर्माणमा समस्या भइरहेको अभिव्यक्ति दिएकी थिइन्।

मन्त्री गौतमको उक्त अभिव्यक्तिको संसदीय समितिदेखि सभामा समेत चर्को आलोचना भएको थियो । मन्त्री गौतमले आफूले कानून निर्माणमा राष्ट्रिय सभाले असहयोग गरेको अभिव्यक्ति नदिएको दाबी गरेकी थिइन्।

उनले भनिन्, ‘मैले राष्ट्रिय सभाले कहीँ कतै असहयोग गर्यो भनेर कहीँ कतै त्यस्तो भाषा, शब्द प्रयोग गरेको छैन । त्यो मान्यज्यूहरूले पनि हेर्न सक्नुहुन्छ । तर मैले भनेका कुराले गर्दाखेरि मैले त्यहाँ बोलेको तथ्यले गर्दाखेरि राजनीतिक व्यक्ति हुँ । राजनीतिक व्यक्ति भएको कारणले गर्दाखेरि समाचारहरूमा पत्रकारज्यूहरूले अथवा चाहिँ सामाजिक विश्लेषकहरूले विभिन्न अर्थ लगाएर एउटा खालका सप्रसङ्ग व्याख्यासहितका विषयहरू पनि सामाजिक सञ्जालहरूमा देखिए ।’