images
images

सरकारलाई खगेन्द्र सुनारको प्रश्न: जुत्ता–मोजा खाने आईजीपीमाथि छानबिन किन हुँदैन?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि अनुसन्धान गर्नुपर्ने विषय पुन: संसदमा उठाएका छन् ।

सांसद सुनारले शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनीमाथि अनुसन्धान नभएको भन्दै सरकारमाथि प्रश्न उठाएका हुन् ।

‘तल्लो दर्जाका प्रहरीहरूको जुत्ता–मोजा खाइदिएकोमा आरोप उनी (आईजीपी) माथि लागेको छ । करोडौँ करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ । यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन ?’, सुनारले प्रश्न गरे, ‘उनीमाथि छानबिन किन भइरहेको छैन ? के कारणले उनलाई बचाइराखिएको छ, यो सम्मानित सदनमार्फत सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले अगाडि भने, ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, योबारेमा सचेत हुनुपर्छ ।’