images
images

देउवा नेतृत्वको पुरानो समितिका नेतालाई कांग्रेसले फेरि समेट्ने, महाधिवेशनमा सबैलाई सहभागी गराउने निर्णय

काठमाडौं–नेपाली कांग्रेसले विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका नेताहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा पुनः सहभागी गराउने निर्णय गरेको छ।

सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका तर विशेष महाधिवेशनपछि बनेको संरचनामा नसमेटिएका नेताहरूलाई विधानबमोजिम केन्द्रीय सदस्यको हैसियतमा सहभागी गराउने निर्णय गरेको हो।

कांग्रेसले पार्टीभित्र रहेका असहमति र विवादलाई महाधिवेशनमार्फत समाधान गर्ने वातावरण बनाउनुपर्ने निष्कर्षसमेत निकालेको छ। महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएकाले आफ्ना मत, असहमति र चासो राख्ने उपयुक्त थलो पनि महाधिवेशन नै भएको कांग्रेसको भनाइ छ।

बैठकले पार्टीका कुनै पनि सदस्य महाधिवेशन प्रक्रियाबाट नछुटून् भन्ने नीति लिएको छ। विशेषगरी असोज ३ र ४ गते हुने वडा अधिवेशनदेखि नै सबै तहका सदस्यलाई उत्साहपूर्वक सहभागी हुन कांग्रेसले आह्वान गरेको छ।

असोज ३ देखि वडा अधिवेशन, १६ देखि महाधिवेशन

कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया वडा तहबाट सुरु गर्ने भएको छ। असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका छ भने असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ।

असोज १६ गते दिउँसो १ बजे खुलामञ्चमा महाधिवेशनको उद्घाटन गर्ने तयारी छ। कांग्रेसले महाधिवेशनलाई सांगठनिक प्रक्रिया मात्र नभई पार्टीको राजनीतिक जीवनको ‘महाउत्सव’का रूपमा अघि बढाउने बताएको छ।

बैठकले वडा तथा अन्य तहका अधिवेशन तोकिएको जिम्मेवारीअनुसार सम्पन्न गर्न सम्बन्धित कार्यसमितिलाई निर्देशन दिएको छ। जिम्मेवारी पूरा नगरे विधानअनुसार वैकल्पिक व्यवस्था गर्ने चेतावनीसमेत दिइएको छ।

काठमाडौं– नेपाली कांग्रेसले विशेष महाधिवेशनअघि कायम रहेको केन्द्रीय कार्यसमितिका नेताहरूलाई १५औँ महाधिवेशन प्रक्रियामा पुनः सहभागी गराउने निर्णय गरेको छ।