images
images

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीका सेवामा १० प्रतिशत छुट

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेड र आईएमई हस्पिटालिटीबीच बैंकका ग्राहकहरूलाई विभिन्न स्थानमा रहेका होटल तथा केवलकार सेवाहरूमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ।

सो समझदारी पत्रमा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ्ग प्रमुख पुजन लाल अमात्य र आईएमई हस्पिटालिटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार बैंकका ग्राहकहरूले आईएमई हस्पिटालिटी मातहत सञ्चालनमा रहेका होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा केवलकार सेवाहरूमा १० प्रतिशत छुट पाउनेछन्।

ग्राहकहरूले इला होटल्स एण्ड रिसोर्ट मौलाकालिका, इला कम्फोर्ट बाग्लुङ, इला कम्फोर्ट हर्कपुर र लाजिम्पाटस्थित सेक एण्ड फेङ्ग रेष्टुरेन्टमा यो छुट सुविधा उपभोग गर्न सक्नेछन्। यसैगरी, मौलाकालिका केवलकार र लुम्बिनी केवलकारको टिकट खरिद गर्दा समेत ग्राहकहरूले उक्त छुट सुविधा प्राप्त गर्नेछन्।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।

यस सहकार्यले ग्राहकहरूलाई सेवामा छुट प्रदान गर्नुका साथै देशमा डिजिटल भुक्तानीलाई प्रवर्द्धन गरी नगदरहित कारोबार विस्तार गर्न थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।