काठमाडौँ – रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा १५० देखि १६० मिटर भाग जलमग्न रहेको पाइएको छ। अहिले उक्त क्षेत्रमा पानीको सतह घटाउने तयारी भइरहेको छ।
पानी घटेपछि सेनाको तालिम प्राप्त उद्धार टोली गन्तव्यसम्म पुग्ने छ। सुरुङभित्र ठूला चट्टान, लेदो र पानीको अवरोधका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि विगत २ दिनदेखि २४ सै घण्टा काम भइरहेको छ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण चिलिमेसहित एक दर्जन जलविद्युत् आयोजनामा क्षति गरेको थियो।








