images
images

देश बनाउने संकल्प बोकेका माननीयहरूलाई देखेर टिठ लाग्छ: दुलाल

काठमाडौँ– प्रतिनिधि सभाको बैठकमा सांसदको उपस्थिति कम भएपछि नेकपाका सचेतक युवराज दुलालले सांसदहरूलाई सचेत गराएका छन्।

मंगलबारको बैठकमा बोल्दै उनले सांसदको उपस्थिति कम भएपछि सत्तारुढ दल रास्वपालाई विशेष गरी सचेत गराएका हुन्। उनले दुई तिहाइको सिट रहेको सांसदहरूको उपस्थिति देख्दा ठिट लाग्ने बताए।

‘ताजा जनादेशबाट नयाँ कानुन बनाएर देश बनाउने संकल्प बोकेर आएको संसद्‌का माननीयहरूलाई देखेर टिठ लाग्छ’, दुलालले भने। रास्वपाको एक्लै १ सय ८३ जना सांसद छन्।

एक सिट कम दुई तिहाइ सिट रहेको रास्वपाका सांसदहरूको संसद्‌मा उपस्थिति भने पटक-पटक कम देखिएको छ। कहिले गणपुरक संख्यासमेत नभएपछि संसद् बैठक पनि स्थगित हुनुपर्ने अवस्था छ।

मंगलबारको संसद् बैठकमा पनि रास्वपाको संसद् बैठकमा सत्तारुढ दलहरूका सांसदहरूको उपस्थिति कम देखिएको छ। त्यसतर्फ ध्यानाकर्षण गर्दै दुलालले भने– ‘१८३ को गह्रौँ सदस्य भएको रास्वपाका ३० जना पनि उपस्थि नहुनु र अन्य माननीयको पनि उपस्थिति भएन। म सचेत गराउन चाहन्छु।’