images
images

रविले बोलाए सर्वदलीय बैठक

काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन्।

बैठक बुधबार बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा छलफल हुने खरेलले बताए।

यस्तै, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ।