images
images

आइजीपी कार्कीविरुद्ध सासंद सुनारले दिएको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौं – रास्वपा सांसद खगेन्द्र सुनारले नेपाल  प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध  संसद्‌बाट दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटेको छ ।

सभामुख डोल प्रसाद अर्यालले गत २६ भदौमा बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन निर्देशन दिनुभएपछि सो अभिव्यक्ति संसदीय अभिलेखबाट हटाईएको हो ।

बैठकमा सभामुख अर्यालले भन्नुभयो ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले नेपाल प्रहरीका महानिरीक्षक कार्कीसँग सम्बन्धित रहेर व्यक्त गरिएका केही शब्द रेकर्डबाट हटाइएको जानकारी दिनुभयो ।