images
images

चिलिमेमा थप दुई वटा शव निकालियो

काठमाडौँ– चिलिमे जलविद्युत आयोजनाको सुरुङमा थप दुई वटा शव निकालिएको छ।

यससँगै यस सुरुङबाट कूल पाँच वटा शव निकालिएको छ। यसअघि बुधबार नै तीन वटा शव नकालिको थियो। यस सुरुङमा ६ जना फसेको अनुमान गरिएको थियो।

विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले हेलिकप्टरमार्फत स्याफ्रूबेसीमा ड्रप गरिएको एक्साभेटर र लोडरले चट्टान फोरी करिब १ हजार ५० मिटर बाटो निर्माण गरी सुरुङसम्म पुर्‍याएको सेनाले जानकारी दिएको छ।

लेदो हटाउने क्रममा सुरुङको करिब ७० मिटरमा भित्रदेखि पानी निस्किरहेको फेला परेको र पानी निस्किएको प्वालबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह टनेलको माथिल्लो भागसम्म पुगेका कारण एक्साभेटर प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएको थियो।