काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असोज १ गते बिहीबार बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बुधबार जारी गरेको सूचनाअनुसार बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्नेछ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।








