काठमाडौँ – चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति अशोक राज सिग्देलले चिनियाँ रक्षामन्त्री डोङ जुनसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
उनीहरूबीच चीनको राजधानी बेइजिङमा बुधबार भेटवार्ता भएको हो। भेटमा नेपाल र चीनबीचको आपसी हित तथा द्विपक्षीय सैनिक सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस्तै, प्रधानसेनापति सिग्देलले चीनको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निरीक्षण भ्रमणसमेत गरेका छन्।
उनी बेइजिङमा आयोजित ‘The 13th Beijing Xiangshan Forum’को उद्घाटन सत्रमा समेत सहभागी भए।








