images
images

एन्फा मुख्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यालयमा छापा मारेको छ ।

अनियमितताको आशंकामा एन्फा मुख्यालयमा छापा मारिएको सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिए । उनका अनुसार शुक्रबार साँझा छापा मारेर कागजात नियन्त्रणमा लिइएको छ ।

सीआईबीले अनुसन्धानका लागि आवश्यक पर्ने केही कागजात नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको जनाएको छ ।