काठमाडौं– सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज २ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग, स्थानीय तह तथा जिल्ला समन्वय समितिमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो।
सरुवामा मन्त्रालय तथा विभागमा कार्यरत केही उपसचिवलाई स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको छ भने विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत केही उपसचिवलाई मन्त्रालय, विभाग तथा अन्य सरकारी निकायमा सरुवा गरिएको छ।
मन्त्रालयले प्रशासनिक आवश्यकता र कार्यसम्पादनलाई ध्यानमा राख्दै उपसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको जनाएको छ।
सरुवा हुनेमध्ये विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका छन्। ४२ जना उपसचिवको सरुवा तथा पदस्थापनको विस्तृत विवरण यस्तो छ :












