images
images

सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान

काठमाडौ -सिंहदरबारमा विपतको बैठकमा भाग लिन आएको समयमा  पक्राउ परेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ अदालतले तोकेको धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान भएका छन्।

बैंकिङ कसुरसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौले बिहीबार उनीसँग २२ लाख रुपैयाँ धरौटी माग गरेको थियो। जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले उनीसँग धरौटी माग गरेको  थियो । तर उनले आफूसँग तोकिएको  धरौटी बुझाउने रकम नभएको बताएपछि प्रहरीले  उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो ।

जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले उनलाई धरौटी बुझाएको समयमा रिहा हुने शर्तमा थुनामा पठाएको हो । अध्यक्ष तामाङविरुद्ध एक महिलाले जाहेरी दिएपछि प्रहरी वृत्त दरबारमार्गबाट अनुसन्धान भएको थियो। अनुसन्धानपछि अदालतमा मुद्दा दायर भए पनि तामाङ अदालतमा उपस्थित नहुँदा फरार सूचीमा थिए।

तर सोमबार प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको छलफलबाट बाहिरिँदै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो। त्यसपछि अदालतमा उपस्थित गराइएका उनको बिहीबार थुनछेक आदेश भएको थियो।