images
images

आईआईएमटी विश्वविद्यालयमा अन्तर्राष्ट्रिय ज्योतिष महोत्सव, पन्थीलाई विशेष सम्मानसहित आतिथ्यता

काठमाडौं – भारतको मेरठस्थित आईआईएमटी विश्वविद्यालयमा आयोजित अन्तर्राष्ट्रिय ज्योतिष महोत्सवमा नेपालका ज्योतिष तथा विज्ञ सहभागीलाई विशेष सम्मानसहित आत्मीय आतिथ्यता प्रदान गरिएको छ।

महोत्सवका क्रममा नेपाली प्रतिनिधित्वलाई विश्वविद्यालय परिवारले दिएको सम्मान र आतिथ्यताले कार्यक्रमलाई थप गरिमामय बनाएको सहभागीहरूले बताएका छन्।महोत्सवमा सहभागी नेपालका ज्योतिष तथा विज्ञ पन्थीलाई आईआईएमटी विश्वविद्यालय परिवारले विशेष सम्मानसहित स्वागत गरेको थियो। विश्वविद्यालय नेतृत्वदेखि ज्योतिष विभागका पदाधिकारी तथा सदस्यहरूले देखाएको आत्मीयता, सम्मान र आतिथ्यताप्रति पन्थीले आभार व्यक्त गरेका छन्।

पन्थीले अन्तर्राष्ट्रिय ज्योतिष महोत्सवमा सहभागी हुने अवसरसँगै विश्वविद्यालय परिवारबाट प्राप्त विशेष सम्मान र आतिथ्यता आफ्नो लागि अविस्मरणीय अनुभव बनेको बताए।

“अन्तर्राष्ट्रिय ज्योतिष महोत्सवमा सहभागी हुने अवसर मात्र होइन, विश्वविद्यालय परिवारबाट प्राप्त अति विशिष्ट आतिथ्यता र आत्मीय सम्मान जीवनको अविस्मरणीय अनुभव बनेको छ। यस महत्वपूर्ण अवसरका लागि आईआईएमटी विश्वविद्यालयका कुलाधिपति, कुलपति, उपकुलपति, ज्योतिष विभागका डाइरेक्टर तथा डिन आशा त्यागी म्याडम, डा. श्वेता खण्डेलवाल, अनिल माथुरलगायत सम्पूर्ण विश्वविद्यालय परिवारप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु,” पन्थीले भने।

महोत्सवले नेपाल र भारतबीच ज्योतिष, शिक्षा तथा अनुसन्धानका क्षेत्रमा हुँदै आएको ज्ञान आदानप्रदानलाई थप सुदृढ गर्ने अवसर प्रदान गरेको सहभागीहरूको भनाइ छ। ज्योतिषसम्बन्धी अध्ययन, अनुसन्धान तथा परम्परागत ज्ञानलाई आधुनिक शैक्षिक पद्धतिसँग जोड्दै अन्तरदेशीय सहकार्य विस्तार गर्न यस्ता कार्यक्रम महत्वपूर्ण हुने उनीहरूले बताएका छन्।

कार्यक्रमले नेपाल र भारतका ज्योतिष तथा शैक्षिक क्षेत्रका विज्ञहरूबीच अनुभव, ज्ञान र अनुसन्धानका विषयमा संवाद तथा सहकार्यको वातावरण निर्माण गरेको सहभागीहरूको भनाइ छ।आगामी दिनमा दुवै देशका विश्वविद्यालय, ज्योतिष क्षेत्रका विज्ञ तथा अनुसन्धानकर्ताबीच थप सहकार्य, अध्ययन–अनुसन्धान र ज्ञान आदानप्रदानका कार्यक्रम विस्तार हुने अपेक्षा गरिएको छ।

यस्ता पहलले नेपाल–भारतबीचको शैक्षिक, सांस्कृतिक तथा ज्ञानको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुग्ने सहभागीहरूले विश्वास व्यक्त गरेका छन्।