images
images

कांग्रेसले सक्यो ६ हजार १३२ वडाको अधिवेशन

काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत ६ हजार १३२ वडाको अधिवेशन सम्पन्न गरेको छ।

शनिबार र आइतबार गरी ७३ जिल्लाका ६ हजार १३२ वडाको अधिवेशन सम्पन्न भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए।

कटवालका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्वु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक), सुनसरी, सप्तरी (क्षेत्र नं. २ र ४ बाहेक), धनुषा, महोत्तरी, सर्लाही (क्षेत्र नं. २ बाहेक), रौतहट (क्षेत्र नं. १ बाहेक), बारा, पर्सा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ, गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ, नवलपुर, परासी (क्षेत्र नं. २ बाहेक), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्व), रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम पश्चिम, सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लामा वडा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनबाट वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङबाहेक छुट भएका अन्य वडामा असोज ५ गते सोमबार पनि अधिवेशन निरन्तर जारी रहने बताइएको छ।