न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इरानसामु सम्झौता वा विनाशको विकल्प रहेको बताएका छन्। आणविक कार्यक्रम त्यागे सहकार्य गर्न तयार रहेको, अन्यथा इरानलाई थप ध्वस्त पार्ने चेतावनी उनले दिए।
ट्रम्पले नोभेम्बरको अमेरिकी चुनावले इरानप्रतिको आफ्नो नीति प्रभावित नगर्ने भन्दै ‘इरानसँग कहिल्यै आणविक हतियार हुने छैन’ भन्ने विषय आफ्नो मुख्य प्राथमिकता रहेको बताए। उनले चुनावपछि इरानसँग सम्झौता हुनसक्ने सम्भावना पनि व्यक्त गरे।
गाजाको शान्ति योजनामा ३० देश जोडिएको दाबी गर्दै ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि पनि पहल गरिरहेको बताए।
क्युबालाई असफल राष्ट्र भनेपछि क्युबाली प्रतिनिधिमण्डल सभाबाट बाहिरिएको उनले दाबी गरे। अमेरिकाको हितमा खतरा देखिए सैन्य शक्ति प्रयोग गर्ने चेतावनी दिँदै ट्रम्पले ग्रिनल्यान्डमा अमेरिकी सैन्य उपस्थिति विस्तार गर्ने योजनासमेत अघि सारे।








