images
images

न्युयोर्कमा प्रधानमन्त्री शाहको सम्बोधन कहिले, कसरी हेर्ने?

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह नेपाली समयअनुसार बिहीबार बेलुकी पौने सात बजे न्युयोर्क ओर्लदैँछन्।

संयुक्त राष्ट्रसंघको ८१ औँ साधारण महासभामा उनले बिहीबार न्युयोर्कको समयअनुसार दिउँसो तीन बजे सम्बोधन गर्नेछन्।

महासभाको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले बिहीबार दिउँसो ३ः०० बजेदेखि सुरु हुने सेसनमा सम्बोधन गर्ने कार्यक्रम छ। उनले महासभामा सम्बोधन गरिरहँदा नेपालमा शुक्रबार मध्यरात हुनेछ। नेपाली समयअनुसार शुक्रबार बिहान १२;४५ बजे उनको सम्बोधनको कार्यतालिका छ।

प्रधानमन्त्री शाहले सम्बोधन गर्ने सेसनमा उनीभन्दा अगाड सेनेगल, फिजी, कोस्टारिका, नाइजेरिया, यमन, कुवेत, बार्बाडोस, आर्मेनिया, थाइल्यान्ड, जर्जिया, बंगलादेश, नेदरल्यान्ड्स, स्लोभानिया, ग्रीस, अष्ट्रेलिया र आयरल्यान्डले सम्बोधन गर्ने कार्यक्रम छ। उनीभन्दा अगाडि सम्बोधन गर्ने १६ देशहरूले ४ घन्टा सम्बोधन गरे भने उनको पालो आउँदा नेपाली समयअनुसार शुक्रबार बिहान झन्डै ५ बज्ने छ।

प्रधानमन्त्री बालेनको सम्बोधन संयुक्त राष्ट्रसंघको वेवटिभीको लिंक webtv.un.org  मा  हेर्न सकिनेछ।