काठमाडौँ – नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेतामा मनोनीत गरेको छ। एमाले केन्द्रीय कमिटी बैठकले पार्टीमा दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको हो।
यस्तै, बैठकले सात जना नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गरेको छ। स्थायी कमिटी सदस्य मनोनीत हुनेमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र काशीनाथ अधिकारी छन्।
यस्तै, ३३ जना नेता केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन्।














