images
images

यी राजमार्गमा राति सवारी सञ्चालनमा रोक

काठमाडौँ – वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी देशका विभिन्न राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरीका अनुसार पृथ्वीराजमार्ग भएर सञ्चालन हुने सवारीसाधन आवागमनमा आज बेलुका ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म पूर्ण रोक लगाइएको छ।

सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुकी ६ः०० देखि बिहान ६ः०० बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवतजावत पूर्ण रूपमा रोक लगाइएको प्रहरीले जनाएको छ।

मकवानपुर जिल्लाका कान्ति राजमार्ग, भैँसे-भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सडक पनि बेलुका ७ः०० देखि  बिहानसम्म खासवारी आवागमन पूर्ण रुपमा रोक लगाइएको छ।

त्यसैगरी बिपी राजमार्ग पनि बेलुकी ५ः०० देखि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। साथै नारायणगढ-मुग्लिन सडकखण्डमा पनि आज बेलुका ८ः०० देखि भोलि बिहान ५ः०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।