images
images

च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा

काठमाडौं– ललितपुरको च्यासल क्षेत्रमा पानीको बहाव बढेसँगै बाढीको जोखिम बढ्न थालेपछि अखिल (क्रान्तिकारी) ले जनचेतना अभियान सञ्चालन गरेको छ।

ch3-1790348679.jpeg

खोला किनारमा हिँडिरहेका नागरिकलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक रूपमा खोला आसपास नजान आग्रह गर्दै संगठनका स्वयंसेवकहरु जनचेतना फैलाउन खटिएका छन्।

ch4-1790348679.jpeg

सम्भावित बाढीजन्य जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाली सेना उद्धार तथा आपत्कालीन व्यवस्थापनका लागि तयारी अवस्थामा रहेका छन्।

ch6-1790348679.jpeg

संगठनले नदी तथा खोला आसपास बसोबास गर्ने र आवतजावत गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन तथा सुरक्षा निकायले जारी गरेका सूचना र निर्देशनको पालना गर्न अनुरोध गरेका छन्।

 

 

 

ch2-1790348678.jpeg