काठमाडौँ– राजसंस्थाका पक्षमा कलाकारहरूले हस्ताक्षर गरेका छन्।
शुक्रबार यल्लो पगोडा होटलमा शाही युवा शक्ति नेपालले आयोजना गरेको हस्ताक्षर कार्यक्रममा एक दर्जनभन्दा बढी कलाकाहरूले हस्ताक्षर गरेका हुन्।
युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काकाअनुसार लामो समयदेखि चलिरहेको हस्ताक्षर अभियानमा आज कलाकारहरूले पनि सामूहिकरुपमा हस्ताक्षर गर्न आएका हुन्।

यसमा शिव श्रेष्ठ, आनन्द कार्की, रमेश उप्रेती, कृष्ण मल्ल, सर्मिला मल्ल, पूर्वएआइजीसमेत रहेका कलाकार अर्जुनजंग शाही, नारायण प्रधान, सुनिल कट्टवाललगायत थिए।
उनीहरूले राजाकोपक्षमा नारासमेत लगाएका थिए।
राजसंस्थापक्षरले राजसंस्था स्थापना हुनुपर्ने भन्दै कहिले सडक प्रदर्शन त कहिले हस्ताक्षर अभियान गर्दै आएका छन्।









