images
images

न्युयोर्क टाइम्समा प्रधानमन्त्री बालेनको कालो चस्माबारे चर्चा

न्युयोर्क : अमेरिकी अखबार द न्युयोर्क टाइम्सले नेपालका प्रधानमन्त्री बालेन शाहको पहिचान बनेको कालो चस्माबारे विशेष सामग्री प्रकाशित गरेको छ।

सेप्टेम्बर २४ मा प्रकाशित ‘नेपालका नेताले संयुक्त राष्ट्रसंघ महासभामा पनि किन लगाए कालो चस्मा ?’ शीर्षकको सामग्रीमा संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दा समेत प्रधानमन्त्री शाहले आफ्नो पहिचान बनेको कालो चस्मा नफुकालेको उल्लेख गरिएको छ।

न्युयोर्क टाइम्सले र्यापरका रूपमा सक्रिय हुँदादेखि काठमाडौंका मेयर र अहिले प्रधानमन्त्री हुँदासम्म कालो चस्मा शाहको सार्वजनिक पहिरनको हिस्सा बन्दै आएको चर्चा गरेको छ।

सामग्रीमा शाहको कालो चस्मा उनको सार्वजनिक छविको एउटा महत्वपूर्ण पहिचान बनेको र नेपालमा उनको शैली पछ्याउँदै त्यस्तै चस्माको बिक्रीसमेत बढेको उल्लेख छ।

प्रधानमन्त्रीको कार्यालयका अनुसार भने चिकित्सकको सल्लाहमा कडा उज्यालोबाट आँखाको सुरक्षाका लागि शाहले चस्मा लगाउने गरेका हुन्। न्युयोर्क टाइम्सले आफ्नो सामग्रीमा कार्यालयको उक्त भनाइसमेत समेटेको छ।