काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख दलका शीर्ष नेताहरूलाई निम्तो दिएको छ।
कांग्रेसले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महाधिवेशनको उद्घाटन समारोहमा आतिथ्यका लागि निम्तो दिएको हो।
कांग्रेसका सहमहामन्त्री उदय शमशेर राणाले लामिछाने, ओली र दाहाललाई भेटेर निम्तो दिएका हुन्।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा हुँदै छ।








