images
images

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धार तीव्र बनाउन रास्वपाको सरकारलाई आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाको काम तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ।

रास्वपाले विज्ञप्ति जारी गर्दै विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ।

‘जोखिम अझै टरेको छैन, उच्च सतर्कता अपनाउनू’

रास्वपाले मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

अत्यावश्यक कामबाहेक यात्रा नगर्न पनि पार्टीले आम नागरिकलाई अपिल गरेको छ। साथै, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत निकायले विपद्मा गरिरहेको उद्धार कार्यप्रति रास्वपाले आभार व्यक्त गरेको छ।

Ncell 2
nimb

बेपत्ताको खोजी र घाइतेको उपचार ‘युद्धस्तरमा’ गर्न माग

विपद् प्रभावित क्षेत्रमा राहत वितरण, बेपत्ता नागरिकको खोजी र घाइतेको उपचारलाई अझ तीव्र गतिमा अघि बढाउन रास्वपाले सरकारसँग आग्रह गरेको छ।

त्यस्तै, विपद्का कारण अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन तथा घरबारविहीन नागरिकका लागि सुरक्षित आवास र पुनर्स्थापनाको काममा ढिलाइ नगर्न तीनवटै तहका सरकारको ध्यानाकर्षण गराएको छ।

Xtrem

रास्वपाले प्रभावित क्षेत्रमा नागरिकको सेवामा खटिन पार्टीका सम्बन्धित क्षेत्रका नेता, सदस्य, शुभेच्छुक, र्‍यापिड एक्सन टिमलगायतलाई आह्वानसमेत गरेको छ। विपद्को अवस्थामा सम्बन्धित निकायसँग समन्वय गरी निःस्वार्थ रूपमा सेवामा जुट्न पार्टीले आग्रह गरेको हो।

WhatsApp-Image-2026-09-27-at-21.28.14-1790524055.jpeg