काठमाडौँ – नेपाली कांग्रेसले १५औँ महाधिवेशनको मिति केही दिन सार्ने तयारी गरेको छ।
स्रोतका अनुसार प्रतिकूल मौसमका कारण महाधिवेशनको मिति केही दिन सार्ने तयारी भइरहेको छ।
कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने तय भएको थियो।
प्रतिकूल मौसमका कारण पालिका तथा क्षेत्रीय अधिवेशनसमेत प्रभावित भएकोले महाधिवेशनको मिति केही दिन सार्नुपर्ने अवस्था आएको स्रोतको भनाइ छ।
१५औँ महाधिवेशनअन्तर्गत असोज ३ गतेदेखि वडा अधिवेशन सुरु भएको थियो।








