images
images

हुंकार मधेशको सहजकर्तामा शर्मा, प्रवक्तामा झा चयन

काठमाडौँ – ‘हुंकार मधेश’ अभियानको केन्द्रीय समितिको बैठकले संगठनको जिम्मेवारी बाँडफाँड गर्दै सहजकर्ता र प्रवक्ता चयन गरेको छ।

अभियानले संविधानसभा सदस्य रामकुमार शर्मालाई सहजकर्ता र केशव झालाई प्रवक्ताको जिम्मेवारी दिएको हो।

नयाँ दलका रुपमा अघि बढिरहेको हँुकार मधेशले मेची महाकाली हुलाकी यात्रा तथा पुनर्जागरण अभियान सम्पन्न गरेको छ।

हुँकार पार्टीको अरु जिम्मेवारी पनि छिट्टै टुंगो लगाउने जनाएको छ। विभिन्न पार्टी परित्याग गरेका नेताहरु मिलेर नयाँ दलको सुरुवात गर्दैछन्।