images
images

एनआईसी एशिया बैंकका ग्राहकलाई होन्डाका गाडी किन्दा आकर्षक ब्याजदर र छुट सुविधा

काठमाडौँ- एनआईसी एशिया बैंक लिमिटेड र काठमाडौंस्थित स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि. बीच बैंकका ग्राहकहरूलाई होन्डा ब्राण्डका सवारी साधन खरिद गर्दा आकर्षक ब्याजदर तथा विशेष सुविधाहरू प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

उक्त समझदारी पत्रमा बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित के.सी. र स्याकार ट्रेडिङ्गका प्रमुख कार्यकारी अधिकृत सिर्जना ज्योतिले हस्ताक्षर गरेका हुन्।

समझदारी अनुसार स्याकार ट्रेडिङ्गले बिक्री गर्ने होन्डा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा परिवर्तनीय ब्याजदर सुविधा रोज्ने ग्राहकहरूले औसत आधार दरमा थप १ प्रतिशत ब्याजदरमै सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन्।

त्यस्तै, स्थिर ब्याजदर रोज्ने ग्राहकहरूका हकमा भने ७ वर्षका लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराइने व्यवस्था गरिएको छ।

यसका साथै कर्जा लिने ग्राहकहरूलाई प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट दिनुका साथै छिटो र छरितो रूपमा कर्जा प्रवाह गर्ने व्यवस्था बैंकले मिलाएको छ।

यस सुविधाबाट ग्राहकहरूले होन्डा ब्राण्डका लोकप्रिय सवारी साधनहरू सहज रूपमा खरिद गर्न सक्ने विश्वास बैंकले लिएको छ।