काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार ठीक दिशामा अगाडि बढ्न नसकेको टिप्पणी गरेका छन्।
बिहीबार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले गरेका सकारात्मक कार्यमा नेकपाले सधैँ सहयोग गर्दै आएको बताए। उनले सरकारको ६ महिनाको समीक्षा गर्दा केही काम सकारात्मक भए पनि समग्रमा ठीक ढंगले जनहितमा काम गर्न नसकेको बताए।
उनले दैनिक उपभोग्य वस्तुमा बढ्दो महँगीबारे पार्टीले जनतालाई प्रशिक्षित गर्ने कार्य गरिरहेको बताए।
उनले, ‘सरकारले राम्रो काम गर्दा हामीले सहयोग गर्छौँ, नराम्रो गरेको ठाउँमा आलोचना गर्छौँ भनेर भनेका थियौँ। र, यो ६ महिनामा सबै कुरा सकारात्मक छैनन् भन्ने त होइन। तर, समग्रमा हेर्दा सरकार ठीक दिशातिर गइराख्या छैन।’








