images
images

एनआईसी एशिया बैंकका ग्राहकलाई टोयोटा गाडी खरिदमा आकर्षक ब्याजदर र विशेष छुटको सुविधा

काठमाडौं- एन आई सी एशिया बैंक लिमिटेड र युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.बीच टोयोटा ब्राण्डका सवारी साधन खरिदमा बैंकका ग्राहकहरूलाई विशेष सहुलियत प्रदान गर्नेसम्बन्धी समझदारी भएको छ।

समझदारी पत्रमा बैंकका चिफ बिजनेस अफिसर (रिटेल बिजनेस) अमित के.सी. र युनाइटेड ट्रेडर्स सिन्डिकेटका तर्फबाट उप-महाप्रबन्धक रेखा शाह कार्कीले हस्ताक्षर गरेका छन्।

उक्त समझदारी अनुसार युनाइटेड ट्रेडर्स सिन्डिकेटले बिक्री वितरण गर्दै आएका टोयोटा ब्राण्डका कुनै पनि गाडी खरिद गर्दा ग्राहकहरूले आकर्षक ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्नेछन्।

यसअन्तर्गत परिवर्तनीय ब्याजदर (Floating Interest Rate) रोज्ने ग्राहकले बैंकको औसत आधार दरमा थप १ प्रतिशत ब्याजदरमै कर्जा पाउनेछन् भने स्थिर ब्याजदर (Fixed Interest Rate) रोज्ने ग्राहकका लागि ७ वर्षसम्मका लागि ५.९९ प्रतिशत निश्चित ब्याजदरको व्यवस्था गरिएको छ।

यसका साथै कर्जा लिने ग्राहकहरूलाई प्रशासनिक सेवा शुल्कमा २५ बेसिस प्वाइन्ट (Basis Point) सम्मको छुट उपलब्ध गराइनुका साथै प्रक्रियालाई छिटो र छरितो रूपमा सम्पन्न गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।

बैंकले ल्याएको यस सुविधाबाट ग्राहकहरूले सहज रूपमा टोयोटा ब्राण्डका गाडीहरू खरिद गरी लाभ लिन सक्ने विश्वास बैंकले व्यक्त गरेको छ।