काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले ‘जेनजी’आन्दोलनको छानबिन गर्न गठित प्रतिवेदनले दोषी ठहर गरेका र भ्रष्टाचारमा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर अपराधजन्य कुनै पनि घटनामा दोषी प्रमाणित भएकालाई कारवाही गरिए त्यसमा आफ्नो पार्टीकोतर्फबाट समर्थन रहने स्पष्ट गरे। नेता शाहीले रोजगारीका लागि युवा विदेश जान बाध्य हुने अवस्थाको अन्त्य नभएको भन्दै स्वदेशमा उद्योग, कलकारखाना, स्वास्थ्य संस्थाको थप विकास गर्न आग्रह गरे।
उनले बाढीपीडितलाई उचित राहत, क्षतिपूर्तिसहित चाँडो पुनः स्थापनाका लागि ठोस कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गरे।








