images
images

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बालकुमारीस्थित ‘एथलेट ल्याण्ड एण्ड ट्रेनिङ क्लब’ मा विशेष छुट

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सेवा तथा सुविधा प्रदान गर्ने उद्देश्यले ललितपुरको बालकुमारीमा रहेको ‘एथलेट ल्याण्ड एण्ड ट्रेनिङ क्लब’ (Athlete Land and Training Club) सँग व्यावसायिक सम्झौता गरेको छ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले उक्त क्लबमा विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

यस व्यावसायिक सम्झौतापछि मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले उक्त व्यायामशालामा ७.५० प्रतिशतदेखि १७.५० प्रतिशतसम्म विशेष छुट पाउन सक्नेछन्। सो व्यायामशालामा एमएमए (MMA), बक्सिङ (Boxing), एड्भान्स्ड कार्डियो (Advanced Cardio), ग्रुप फिटनेस क्लासेज (Group Fitness Classes), जुम्बा (Zumba) र योग (Yoga) जस्ता विभिन्न सेवाहरू उपलब्ध छन्। यसका साथै कसरत (Workout) पछि शरीरलाई आराम दिनका लागि साउना (Sauna) को सुविधासमेत मिलाइएको छ।

उक्त विशेष छुट तथा सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले मुक्तिनाथ विकास बैंकको डेबिट कार्ड वा मोबाइल बैंकिङ एपमार्फत भुक्तानी गर्नुपर्नेछ। बैंकले ग्राहकहरूको स्वास्थ्य तथा फिटनेसलाई ध्यानमा राख्दै यस्तो सहकार्य गरेको जनाएको छ।