images
images

रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग?

काठमाडौं – सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले १३ वटा विभागमा प्रमुख र दुई वटा विभागमा उपप्रमुख चयन गरेको छ।

पार्टीको सोमबार राजधानीमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न नेतालाई ती जिम्मेवारी दिएको हो।

बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलले दिएको जानकारीअनुसार प्रवास सम्पर्क विभागमा मनिष झा, आर्थिक व्यवस्थापन विभागमा डा. मनोहर प्रधान, कानुनी मामिला तथा संस्थागत अनुपालन विभागमा मोहनलाल आचार्य, सामाजिक न्याय, लैङ्गिक समानता तथा समावेशिता विभागमा रुबिना आचार्य, सुशासन तथा राज्य व्यवस्था विभागमा सुदीप ढकाल, विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभागमा सुलभ खरेल र कृषि, भूमि व्यवस्था तथा सहकारी विभागमा ज्ञानेन्द्र महता प्रमुख बनेका छन्।

यस्तै, श्रम, रोजगारी तथा सामाजिक सुरक्षा विभागमा दीपक कुमार साह (महोत्तरी), आपूर्ति, बजार सुशासन तथा उपभोक्ता अधिकार विभागमा शर्मिला खनाल, विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागमा आनन्दबहादुर चन्द र संस्कृति, पर्यटन तथा राष्ट्रिय सम्पदा विभागमा डा. धनञ्जय रेग्मी प्रमुख भएका छन्। सोही विभागको सदस्यमा सम्राट बुढाथोकी मनोनयनमा परेका छन्।

वातावरण, जलवायु तथा प्राकृतिक स्रोत विभागमा धर्म के.सी. र सामाजिक न्याय तथा समता प्रवर्द्धन विभागमा रिमा विश्वकर्मा मनोनयनमा परेका छन् भने अभियान तथा प्रचारप्रसार विभागमा आनन्द मिश्र र अर्थ विभागमा डिल्लिश्वर कार्की ९रोहन० उपप्रमुख बनेका छन्।