images
images

विपी र गणेशमानका छोरा कहाँ छन् थाहा छैन, उहाँहरुको आत्म यहाँ छ : सभापति थापा

काठमाडौँ – कांग्रेस सभापति गगन थापाले विपी कोइराला र गणेशमान सिंहको आत्म आफूहरुसँग रहेको दाबी गरेका छन्।

खुलामञ्चमा पार्टीको १५औँ महाधिवेशन उद्घाटन गर्दै थापाले असली कांग्रेसको नेतृत्व आफूले गरिरहेको जिकिर गरेका हुन्।

उनले इतर पक्षमा लागेका शशांक कोइराला र गणेशमान सिंहप्रति लक्षित गर्दै उनीहरु जहाँ भए पनि विपी तथा गणेशमानको आत्म आफूसँगै रहेको उल्लेख गरेका हुन्।

थापाले भने, ‘आज विपी र गणेशमानका छोराहरु कहाँ छन्, हामीलाई थाहा छैन। तर उहाँहरुको आत्मा यहाँ छ।’

थापाले शेरबहादुर देउवाका लागि महाधिवेशनमा छुट्टै कुर्सी राखेर बसेको जनाए। उनले भने, ‘केही साथीहरु असन्तुष्ट छन्। शेरबहादुरका लागि कुर्सी खाली थियो। उहाँ आउनु भएन।’

थापाले पार्टीमा रुपान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै कांग्रेससँगै देश बदल्ने विश्वास महाधिवेशन पैदा गर्ने उल्लेख गरे।