काठमाडौँ – रास्वपा सभापति रवि लामिछानेले सरकार पाँच वर्ष टिक्ने दाबी गरेका छन्।
कांग्रेस महाधिवेशनमा शुभकामना दिँदै सरकार परिवर्तन हुने दाबीको खण्डन गरेका हुन्।
उनले सरकार पूर्ण रूपमा स्थिर रहेको दाबी गरे।
‘सरकार ढल्छ कि ढल्छ भनेको बडो सुन्छु। ढल्न त ढल्छ, तर यो पटक(पटक सरकार ढल्छ भन्ने मान्छेहरू सरकार नढलेको देखेर आफैँ बेहोस भएर ढल्छन्, सरकार ढल्दैन् लामिछानेले भने।
आफूहरूले इतिहासलाई साक्षी राखेर इतिहास बदल्ने प्रेरणाका साथ सरकार गठन गरेको उनको भनाइ थियो।








