काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशमा शान्ति, लोकतन्त्र र समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरूबीच समझदारी र सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।
काङ्ग्रेसको १५औँ महाधिवेशनको उदुघाट सत्रमा शुभकामना दिँदै उनले सबै राजनीतिक शक्तिहरूप्रति आफ्नो उत्तिकै माया, भरोसा र सम्मान रहेको उल्लेख गरे।
सम्बोधनका क्रममा संयोजक प्रचण्डले विगतका राजनीतिक परिवर्तनहरूमा आफूले खेलेको भूमिकाको स्मरण गर्दै ‘क्रम भङ्ग’ को चर्चा गरे।
‘पहिला(पहिला शान्ति प्रक्रियालाई युद्धमा, युद्धलाई शान्तिमा, शान्तिलाई संविधानमा र संविधानलाई गणतन्त्रमा लैजाने गरी मैले धेरै क्रम भङ्ग गर्थेँ,ू उनले भने, ‘अब शायद मलाई क्रम भङ्ग गर्न अलि गाह्रो(गाह्रो भएको हो कि?’
उनले नेपाली काङ्ग्रेसका नेता गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै अब नयाँ पुस्ताले सकारात्मक राजनीतिक ‘क्रम भङ्ग’ गर्न सुझाव दिए।
गगन थापाले महाधिवेशनमार्फत देखाएको सक्रियताको प्रशंसा गर्दै उनले भने, ‘अब पालो गगनजीहरूको हो, तपाईंहरू क्रम भङ्ग गर्दै जानुहोस्। अब पालो रविजीको पनि हो, तपाईंहरूले अझै क्रम भङ्ग गर्न बाँकी छ। अनि मात्र बन्छ नेपाल।’








