images
images

संसदको सम्मानका लागि प्रधानमन्त्री उपस्थिति अनिवार्य हुन्छ : थापा

काठमाडौँ – नेपाली काङ्ग्रेसका सभापति गगन थापाले संसदमा प्रधानमन्त्रीको सम्मानजनक र गरिमामय उपस्थिति अनिवार्य हुनुपर्ने बताएका छन्।

पार्टीको १५औँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री वालेन्द्र प्रति लक्षित गर्दै थापाले संसदको गरिमा, व्यवस्थाको रक्षा र जनताको सम्मानका लागि प्रधानमन्त्रीको मर्यादित उपस्थिति हुनुपर्ने बताएका हुन्।

थापाले संसदभित्र खुला संवाद र बहसको वातावरण (खुला मञ्च) हुनुपर्ने आवश्यकता औँल्याए। उनले प्रधानमन्त्री र संसदबीचको सम्बन्ध केवल औपचारिकतामा सीमित नभई जवाफदेही र मर्यादित हुनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री वालेन्द्र शाहले निरन्तर संसदलाई उपेक्षा गर्दै आएका छन्। संसदमा उपस्थित नहुने, जवाफ नदिने र आफ्नै नीति कार्यक्रमसमेत बहिस्कार गर्ने अस्वभाविक हर्कत गर्दै आएका छन्।

थापाले संसदका साथै समाजका हरेक क्षेत्रमा खुला मञ्च र संवादको संस्कृति आवश्यक रहेको बताए। पहाड र मधेश, विभिन्न जातजाति, धर्म, र फरक पुस्ताहरूबीच एकापसमा फैसला सुनाउने नभई प्रत्यक्ष संवाद हुनुपर्नेमा उनले जोड दिए।