images
images

लोकतान्त्रिक संस्कृति बेगरको लोकतन्त्र, निरस प्रक्रिया मात्र बन्छ : शर्मा (पूर्णपाठ सहित)

काठमाडौँ – कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले लोकतान्त्रिक संस्कृति विनाको लोकतन्त्र टिक्न नसक्ने टिप्पणी गरेका छन्।

पार्टीको जारी १५औँ महाधिवेशनमा उपसभापतिको हैसियले पेश गरेको प्रतिवेदनमा शर्माले लोकतान्त्रिक संस्कृत विना लोकतन्त्र, निरस प्रक्रियामा मात्रै सीमित हुने उल्लेख गरेका हुन्।

शर्माले बन्दसत्रमा पेश गरेको प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘लोकतान्त्रिक संस्कृति बेगरको लोकतन्त्र, निरस प्रक्रिया मात्र बन्न पुग्छ । त्यसको मुल्य लोकतन्त्रको गर्भबाट जन्मिने अलोकतान्त्रिक प्रवृत्तिले त चुकाउनुपर्छ नै अन्ततः ढिलोचाँडो त्यसले समग्र देशको खुशी, शान्ति र अग्रगतिलाई गम्भीर असर पुर्याउउँछ ।’

शर्माले कांग्रेस लोकतन्त्र र लोकतान्त्रिक अभ्यासलाई निरस प्रक्रिया मात्रै बन्न नदिन दृढ प्रतिबद्ध रहेको जनाएका छन्। उनले उल्लेख गरेका छन्, ‘आज प्रतिपक्षको र भोलि सरकारको नेतृत्वमा पुग्दा यो प्रतिबद्धतालाई ढृढ ढंगले आत्मसात गरिरहन र ब्यवहारमा उतार्न काँग्रेस संकल्पबद्ध छ।’