काठमाडौँ- नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत पाँचौँ दिन आज बिहीबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुँदैछ।
नयाँ नेतृत्व चयनका निम्ति बिहान १०:०० बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय गरिएको छ।
केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार बिहान १०:०० बजेदेखि नै मतदान प्रक्रिया अघि बढाउनका लागि सम्पूर्ण आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी पूरा भइसकेको छ।








