images
images

एमालेले मंसिर पहिलो साता राष्ट्रिय भेला गर्ने

काठमाडौँ – नेकपा (एमाले)ले आगामी मंसिर पहिलो हप्ता काठमाडौँमा राष्ट्रिय भेला गर्ने भएको छ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

उनका अनुसार भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित संघ प्रदेश र पालिकाका जनप्रतिनिधि उपस्थित हुनेछन्। उनले अगामी मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको पनि बताए।

उपमहासचिव भट्टले नगर र वडा अधिवेशनलगत्तै सात वटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णयसमेत गरेको छ। उनले बैठकमा पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले शपथसमेत लिएकी थिइन्।

उपमहासचिव भट्टले अध्यक्ष पद रिक्त रहेका १३ वटा जिल्लाको अध्यक्ष तोक्ने जिम्मेवारी पार्टीको तल्लो कमिटीलाई दिइएकोसमेत बताए।