विदेश यात्रामा जाने नेपाली यात्रुलाई लक्षित गर्दै ग्लोबल आइएमई बैंकले अमेरिकी डलर सटही सुविधा उपलब्ध गराएको छ।
बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्।
यो सुविधा उपत्यकाभित्र रहेका ग्लोबल आइएमई बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ।
बैंकले विदेश जाने यात्रुका लागि डलर सटही सेवामा विशेष प्राथमिकता दिएको जनाएको छ।
ग्राहकले अनावश्यक झन्झट बेहोर्नु नपर्ने र प्रक्रिया छिटो तथा सहज रूपमा सम्पन्न गर्ने व्यवस्था मिलाइएको बैंकको भनाइ छ।
विशेषगरी बैंकको पछिल्लो वार्षिक साधारणसभा (एजिएम) पछि विदेश यात्राका लागि आवश्यक विदेशी मुद्रा सटही सेवाले उच्च प्राथमिकता पाएको बैंकले जनाएको छ।
यात्रुको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै डलर सटही प्रक्रिया थप सरल र छिटो बनाइएको बैंकको भनाइ छ।
विदेश यात्राका लागि आवश्यक अमेरिकी डलर लिन चाहने ग्राहकले आफूलाई पायक पर्ने ग्लोबल आइएमई बैंकको शाखामा सम्पर्क गरी सेवा लिन सक्नेछन्।








