images
images

पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

पोखरा – पोखरामा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। दुर्घटनामा यसअघि तीन जनाको मृत्यु भएकोमा थप दुई बालिकाको पनि मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिएका छन्।

उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूको उपचार भइरहेको छ। मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी छ। उद्धार कार्य सकिएपछि मात्रै शव पहिचानको प्रक्रिया अघि बढाइने उनले बताए।

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त बसमा २५ जना सवार रहेको बताइएको छ। तीमध्ये २१ जना विद्यार्थी थिए।

प्रहरीका अनुसार विद्यार्थीहरू कक्षा १० मा अध्ययनरत थिए। उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

दुर्घटनाको थप विवरण आउन बाँकी छ।