images
images

नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि

काठमाडौँ – नेपाली कम्युष्टि पार्टीले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले वडा र पालिकास्तरको अधिवेशन स्थानीय तह निर्वाचनअगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार अगामी पुस ११ गते देशभरका सबै वडामा एकैदिन वडास्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ।

त्यसैगरी, अगामी माघ १५ गते पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिए। उनले जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन भने स्थानीय तह निर्वाचनपश्चात गर्ने निर्णय भएको जानकारी दिए।

उनले तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढाउने निर्णय पनि पार्टीले गरेको बताए।

उनले भने, ‘अगामी पुस ११ गते देशभरका सबै वडामा वडास्तरका अधिवेशनहरु आयोजना गर्नेछौँ। माघ १५ गते पालिकास्तरीय अधिवेशन आयोजना गर्ने गर्नेछौँ। सबै पालिकामा एकैदिन अधिवेशन आयोजना गर्ने निर्णय भएको छ। स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय अधिवेशन गर्नेछौँ। युवाहरूलाई विशेष प्राथमिकता दिने र ५० प्रतिशत युवा सहभागिताको सुनिश्चितता गर्ने निर्णय पनि गरेका छौँ।’

गत वर्ष कार्तिकमा पार्टी एकता गर्दा ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भएको थियो। तर, एक वर्ष बित्न लाग्दासमेत नभएको महाधिवेशन अब स्थानीय तहको चुनावपछि हुने भएको हो।